मिर्चैयामा खानेपानीको पाइप सम्झौता अनुसार: सिएसई चौधरी

Posted on: 26 Apr, 2017

राम नारायण पंडित/बैशाख १३, सिरहा । मिर्चैया नगरपालिका भित्र सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम भईरहेको टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टसले दाबी गरेका छन् । 

रामनगर मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मिर्चैया नगरपालिकामा खानेपानीको पाइप बिछ्याउने क्रममा मिर्चैया ५ स्थित बैशाख ११ गते स्थानियहरुले सम्झौता बिपरित काम भईरहेको भन्दै काममा अबरुद्ध गरेपछि यसलाई निगरानी गरिरहेका टेक कन्सल्ट जोइन्ट भेन्चर इन्टिग्रेटेड कन्सल्टेन्टस ईटहरी सुनसरीले बुधबार एक बिज्ञप्ती जारी गर्दै खण्डन गरेका छन् । 

स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार नै काम भईरहेको कन्सल्टेन्टसका सिएसई गणेश कुमार चौधरीद्धारा जारी बिज्ञाप्तीमा उल्लेख रहेका छ । केहि संचारमाध्यममा आएको सामाचारमा प्रत्येक मिटर ९ सय ७० ग्रामको प्लाष्टिकको पाइप बिछ्याउने समझौता भएपनि कम तौल भएको पाइप प्रयोग गरेको स्थानियहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको र सम्झौता अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्ती मार्फत दाबी गरिएको छ । 

सम्झौतामा आइएसओ ४४२७ अनुसार ७५ एमएम डायमिटर पिई १००, पिएन – ६ एसडिआर – २६ प्रतिमिटर ६७३ ग्राम उल्लेख भएकोले सोही अनुसार काम भईरहेको कन्सल्टेन्टसका सिएसई चौधरीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

यस आयोजनाका सम्पुर्ण कामहरु सम्झौता अनुसार भईरहेको बिज्ञप्ती मार्फत जनाईएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!