मिर्चैयामा राहत वितरण

Posted on: 16 Aug, 2017


राम नारायण पंडित/साउन ३२, सिरहा । वर्षाले प्रभाबित भएका मुसहर समुदायमा बाढीपहिरो पिडित ब्यबस्थापन समिति मिर्चैयाले राहत बितरण गरेका छन् । 

आज समितिले मिर्चैया नगरपालिका ५ मुसहर बस्तिमा राहत बितरण गरेका छन् । बर्षाले बिस्थापित र प्रभाबित भएका मुसहर समुदायका १२ घरपरिबारलाई प्रतिपरिबार त्रिपाल १ थान, मुरही २ किलो, चिउरा ५ किलो, चाउचाउ १० प्याकेट, आलु ५ किलो लगायतका समानहरु बितरण गरिएको राहत व्यबस्थापन समिति मिर्चैयाका अध्यक्ष अंजय साहले बताए । 

यता, मिर्चैया नगरपालिका २ मल्हनियाँखोरीमा बर्षाले प्रभाबित भएका ९ घरपरिबारलाई राहत स्वरुप प्रतिघरपरिबार त्रिपाल १ थान, मुरही २ किलो, चुरा ५ किलो, चाउचाउ १० प्याकेट, आलु ५ किलो लगायतका समानहरु बितरण गरिएको समितिले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!