भ्यानको ठक्करबाट घाइते युवकको मृत्यु

Posted on: 18 Aug, 2017

राम नारायण पंडित/भदौ २, सिरहा । सिरहाको कर्जन्हा गाउपालिका २ भुल्कियामा भ्यानको  ठक्करबाट घाइते भएका युबकको उपचारको क्रममा मृत्यु भएको छ । 

शुक्रबार  विहान पुर्बपश्चिम लोकमार्ग अन्तर्गत कर्जन्हा गाउपालिका २ भुल्कियामा पश्चिमबाट पुर्ब जादै गरेको सडक डिभिजन कार्यालय लहानको बा २ ज २९६६ नम्बरको टोयटा भ्यान र सोहि दिशाबाट आइरहेको ज ८ प १२६८ नम्बरको मोटरसाइकले भ्यानमा ठक्कर खाँदा मोटरसाइकलमा सवार धनुषा ननुपटि ७ बस्ने अन्दाजी ३० बर्षीय नबिब राइन गम्भिर घाइते भएको थियो । 

घाइते राइनको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । यता, ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!