रेडक्रस उपशाखा मिर्चैयाको साधारण सभा सम्पन्न

Posted on: 11 Jan, 2018

राम नारायण पंडित/पुस २७, सिरहा । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ । 


मिर्चैया नगरपालिका ६ स्थित आज (विहिवार) भएको साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ को आय–व्याय प्रस्तुत गरिएको थियो । 

उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाहरुलाई दोसल्ला ओढई सम्मान गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि राजदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का “क” प्रदेशसभाका सदस्य दिलिप साह, मिर्चैया नगरपालिका वडा नं. ५ का बडा अध्यक्ष देबकृष्ण साह लगायत सरोकारबालाहरुको उपस्थिति रहेको उपाशाखाका सचिब दुर्गा श्रेष्ठ बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!