सिरहा: बलिदानी दिवसका अवसरमा दुवै आँखा दान गर्ने घोषणा

Posted on: 20 Jan, 2018

माघ ६, लहान । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ । 

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको हो । 

विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!