सिरहाको गोलबजारमा माघ १५ देखि स्वर्ण महोत्सव हुने

Posted on: 22 Jan, 2018

माघ ८, लहान | बजार स्थापना भएको ५०औँ वर्षको अवसर पारेर सिरहाको गोलबजारमा स्वर्ण महोत्सव आयोजना हुने भएको छ । 

गोलबजारको आर्थिक तथा भौतिक विकास, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १५ गतेबाट शुरु हुने महोत्सव ७ दिनसम्म चल्ने मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गोलबजारस्थित मुख्य चौकमै आयोजना हुने महोत्सवमा २०० स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले बताउनुभयो । 

महोत्सव अवधिभरि कमल खत्री, शुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशी लगायत ख्यातिप्राप्त कलाकारले सांगीतिक कोशेली पस्किने कार्यक्रम रहेको छ । 

महोत्सवबाट हुने आम्दानी गोलबजार उद्योग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सदनलाई सहयोग गरिने संयोजक श्रेष्ठको भनाइ छ ।रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!