सिराहमा सवारी दुर्घटना हुदा एकको मृत्यु

Posted on: 11 Mar, 2018

फागुन २७, लहान | पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना.३ख ५१४५ नंको ट्रकमा स.३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मो. सादिरकोे लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!