सिरहाः एसईई परिक्षाको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघ एक्सनमा

Posted on: 22 Mar, 2018

राम नारायण पंडित, चैत८, सिरहा । आजदेखि सुरु भएको मध्यमिक शिक्षा परिक्षा (एसईई) को समकाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आज पहिलो दिन संचालन भएको परिक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरुले रोक लगाईएको नेपाल पत्रकार महासंघ सिरहा शाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ । बिज्ञप्तीमा भनिएको छ “ परिक्षाको क्रममा संस्थागत बिद्यालयको संचालकहरुबाट स्थानिय प्रहरी, प्रशासन, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु तथा केन्द्राध्यक्षलाई रकमको मोलतोलबाट मिलाई परिक्षालाई अमर्यादित बनाएको बिगतको अनुभब ताजै छ ।” 

एसईई परिक्षामा संचारकर्मीहरुलाई समाचार संकलनमा रोक लगाईएको घटनाले यसपालि पनि प्रमाणित गरेको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्बर गुप्ताद्धारा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । समाचारमा संकलनमा रोक लगाईएको घटनालाई भत्र्सना गर्दै निर्बाध रुपमा स्वतन्त्र रुपले समाचार संकलन तथा पर्यबेक्षण गर्ने बाताबरण सिर्जना गरिदिन सम्बन्धित निकायको बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ । 

परिक्षा केन्द्रहरुमा संचारकर्मीहरुलाई रोक लगाउनु शंकास्पद रहेको नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष मनोज बनैताले आरोप लगाए । उनले भने “परिक्षा भन्दा दुई दिन अगाडी सिरहामा भएको छलफलमा जिल्ला शिक्षा कार्यालय सिरहाले जिल्ला भरिका पत्रकारहरुमध्ये ६ जना पत्रकारलाई मात्र पास उपलब्ध गराउने भनेका थिए, तर हामीले अस्बिकार गरेका थियौं ।” कोषाध्यक्ष बनैता भने “एसईई जस्तो परिक्षामा समिति पत्रकारलाई पास दिई अनुगमन टोलीसंग मात्र रिपोटिंग गर्न दिनु र अन्य पत्रकारलाई रोक लगाउनु भनेको सेटिंगमा परिक्षा संचालन गर्नु हो ।” 

 



यस बिषयमा तपाइको प्रतिक्रिया...!