सिरहामा बाबुद्रारा छोरा र बुहारीमाथि खुकुरी प्रहार, दुवैको अवस्था गम्भीर

Posted on: 08 Sep, 2018

भदौ २३, सिरहा | सिरहामा आफ्नै बुबाले छोरा र वुहारीमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको विषयमा भएको विवादमा गालबजार ३ तेतलरीका लक्षण विश्वकर्माले आफ्ना ३० वर्षीय छोरा संजिव विश्वकर्मा र २४ वर्षीय बुहारी सन्तोषीमाथि खुकुरी प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । 

खुकुरी प्रहारबाट संजिवको गर्दनमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ भने सन्तोषीको पनि टाउकोमा गहिरो चोट लागेको बताइएको छ । 

संजिवको बुवालाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिइएको प्रहरी इन्सपेक्टर रामबहादुर ढकालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!