कर्जन्हा नगरपालिकाका मेयर पासमान सवार गाडीमा ढुंगामुढा

Posted on: 10 Oct, 2018

असोज २३, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर सबार गाडीमा तोडफोड गरिएको छ । नगरपालिकाको परिषद सकिएपछि मेयर गंगा पासमान बाहिर जान खोज्दा ना १ झ १६३९ नम्बरको स्कारपियोमा उछृंखल ब्यक्तिहरुले मंगलबार बेलुकी ढुंगामुढा गरी सिसा फुटाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 


ज्यान मार्ने उदेश्यले योजनाबद्ध रुपमा आक्रमण गराएकोले बालबाल बाँचेको मेयर पासमानको भनाई रहेको छ । स्थानिय केहि व्यक्तिको योजनामा घटना गराईएको उनको आरोप छ । मेयर पासमान सकुसल रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!