सिराहामा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on: 13 Nov, 2018

कात्तिक २७, लहान ।  सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा.२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!