गोलबजार व्यापार संघमा अग्रवालको अग्रता कायमै

Posted on: 08 Dec, 2018

राम नारायण पंडित | मंसिर २२, सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । 


मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्ष महेश साह सुडीले ४ सय  द्धितीय उपाध्यक्ष आनन्द कुमार यादबले ३ सय ९३, महासचिब सोहेब अनबरले ४ सय ११, कोषाध्यक्ष बिजय कुमार साहले ४ सय ७२ र सचिब अरुण सिंहले ४ सय २८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यहरुमा समृका कुमारि महतोले ३ सय ८४, विनोद कुमार साहले ४ सय २५, कविलदेव साहले ४ सय १८, दीपेन्द्र कुमार राउतले ४ सय ३६, रामश्रृंगार साह तेलीले ४ सय २६, हिरा यादवले ३ सय १, अनिल कुमार लामाले ४ सय १४, दीनेश कुमार यादवले ४ सय २२ र बैजनाथ शर्माले ४ सय २३ मत प्राप्त गरेका छन् । 


यता, साह प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक साहले ३ सय ६७, द्धितीय उपाध्यक्षमा रमेश कुमार श्रेष्ठले ३ सय ८१, महासचिबमा राकेश प्रसाद साहले ३ सय ९७, कोषाध्यक्षमा बिजय कुमार साहले २ सय ९९ र सचिबमा सुशिल कुमार महतोले ३ सय १८ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी, सदस्यहरुमा रेखाकुमारी तमांगले २ सय ७२ मदन कुमार साहले ३ सय २८, सतिश चन्द्र सिंहले ३ सय ४०, रामकुमार साहले ३ सय २०, राकेश कुमार यादवले ३ सय ३४, वीरेन्द्र महतोले ३ सय ७२, प्रमोद कुमार साहले ३ सय ३५, समिम मियाँले ३ सय १२ र उमेश कुमार सिंहले ३ सय १५ मत प्राप्त गरेका छन् ।  

शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । मतगणना अबेररातीसम्म जारी रहने निर्बाचन अधिकृत सिंहले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!