सिरहामा विपन्न परिवारलाई कम्बल वितरण

Posted on: 14 Jan, 2019

पुस ३०, लहान | जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ । 

स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!