मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 01 Feb, 2019

माघ १८, सिरहा – सिरहामा बिहीबार राति एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

उत्तरबाट दक्षिण आइरहेको एक्साभेटर र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । एक्साभेटरका चालक फरार छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!