पत्रिका जलाइयो

Posted on: 22 Feb, 2019

फागुन १०, लहान | अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । 

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भन्नुभयो, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।” 

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!