यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Posted on: 13 Mar, 2019

फागुन २९, जनकपुर । सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । 

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ । 

घटनापछि अहिले राजमार्गमा यातायात ठप्प छ । घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् भने उनीहरुलाइ उपचारका लागि सिरहाको लहान स्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!