अवैधरूपमा भारततर्फ लैजाँदै गरेको मदिरा बरामद

Posted on: 21 Mar, 2019

चैत ७, सिरहा | प्रहरीले सिरहा नगरपालिका–१२ लगडीगोठबाट आज बिहान १६ कार्टुन मदिरा बरामद गरेको छ । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी लगडीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा मदिरा बरामद गरेको हो । 

बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मार्डरमा बुझाइने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!