सिरहामा ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु

Posted on: 21 Mar, 2019

चैत ७, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

एकै दिन ११६ मोटरसाइकल नियन्त्रणमा 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ट्राफिक नियम विपरीत चलाएको भन्दै आज एकै दिन ११६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

होलीका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने सात, तीन जना सवार भएको र बिना हेल्मेट चलाएको १०९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको मोटरसाइकल आवश्यक जरिवाना तिराएर शुक्रबार छाडिने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!