सिरहामा आगलागीमा परि एक महिलाको मृत्यु

Posted on: 23 Mar, 2019

चैत ९, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब रु एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । 

सामानसहित मोटरसाइकल नियन्त्रणमा 

प्रहरीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ बाट करीब रु दुई लाख मूल्य बराबरको अवैध समानसहित दुई मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेका तन्ना, कुर्ताको कपडालगायतका अवैध समान समान बरामद गरेको हो । 

सो समान ओसारपोसार गर्न प्रयोग गरिएको स ४ प ५८१५ र बीआर ३२ जी ०८९३ नं को दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!