सिरहामा लागुऔषधसहित ६ पक्राउ

Posted on: 13 May, 2019

वैशाख ३०, लहान | जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ । 

उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

यस्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३ बाट लागुऔषध नाइट्रोभेट २१ ट्याप्लेट, फनारगन, फेन्सीडिलसहित एक जनालाई पक्राउ गरेको छ । 

त्यस्तै भारतीय सीमाक्षेत्रबाट स ९ प ४१०४ नं को मोटरसाइकलमा आउँदै गरेका सिरहाको भगवानपुर–३ परिकटोलका ३१ वर्षीय नागेन्द्र चौधरीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!