हात्तीले किच्दा वृद्धाको मृत्यु

Posted on: 18 May, 2019

जेठ ४, सिरहा | जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो । 

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो । 

हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!