कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

Posted on: 21 Jun, 2019

असार ६,सिरहा |  त्सिसौको रूख काटेको विषयमा झडप हँुदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । 

रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!