सिरहाको लहानमा बाहुला स्यालले एक दिनमै १६ जना टोकेपछि गाउँनै त्रसित

Posted on: 06 Nov, 2019

महेश सिंह | कार्तिक २०, सिरहा | सिरहाको लहान नगरपालीका वडा नम्बर ४ मा मंगलबार बिहान बाउला स्यालले गाउँका १६ जनालाई  एकै दिनमा टोके पछी पुरै गाउँ नै आतंकित भएको छ | सिरहा र सप्तरीको सिमाना  पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बाउला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोकेपछि गाउँ नै त्रसित भएको हो |


एका बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बाउला स्यालले टोके पछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् । घाइते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो घाइते भएका छन। संन्जु देबि महतो,प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तिहरुको अवस्था सामान्य रहेको वडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् । 


ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!