घुस लिएको अभियोगमा पक्राउ

Posted on: 22 Nov, 2019

मङ्सिर ६, लहान | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ । 

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले रु पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!