मोबाइल चार्ज गरिदिन्छु भन्दै कोठामा लगेर युवती माथि बलात्कार

Posted on: 06 Jan, 2020

पुस २१, सिरहा | सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवतीलाई सामुहिक बलात्कार गरिएको छ | जिल्लाको विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् |

उनी घरबाट गोलबजार आइपुग्दा राति भएको र मोबाइलको चार्ज अफ भएपछि गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी युवतीलाई धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार–२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ |

मोवाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोवाईल नदिएपछि मोबाईल लिन उनीहरुको डेराभित्र पसेकी युवतीलाई उनीहरु दुवैले ढोकाको चुक्कुल लगाएर करणी गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ |

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो | तत्काल पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नासाथ सन्तोषको डेरामा पुगेर दुवैलाई नियन्त्रणमा लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!