साउदीबाट घर फर्किएको एक हप्तापछि जलाएर श्रीमतिको हत्या

Posted on: 26 Jan, 2020

माघ १२, सिरहा | सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् | शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ |

आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो | तर त्यँहा उपचार सम्भव नभएपछि काठमाडौँ लागिएको थियो | उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ |

प्रहरीका अनुसार उनका श्रीमान आफैले आगो लगाएर हत्या गरेको बयानका क्रममा बताएका छन् | माइती पक्षको उजुरीपछि प्रहरीले विनोदलाई पक्राउ गरेको छ | उनी एक हप्ता अघि मात्रै वैदेशिक रोजगारीको क्रममा साउदी अरबबाट घर फर्किएका र  विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको परिवारको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!