असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
पाल्पा - ७६ जना
दाङ- ७५ जना
रौतहट - ५६ जना
कञ्चनपुर - ४२ जना
कैलाली - ३० जना
बाजुरा - २७ जना
गुल्मी - २५ जना
बैतडी - २५ जना
नवलपुर - २३ जना
कपिलवस्तु - २१ जना
प्युठान - २० जना
धनुषा - १५ जना
चितवन - १२ जना
सुर्खेत - १२ जना
सुनसरी - १० जना
बझाङ - ९ जना
सिरहा - ६ जना
रुपन्देही - ६ जना
गोरखा - ६ जना
दैलेख - ५ जना
झापा - ४ जना
महोत्तरी - ४ जना
दार्चुला - ३ जना
सिन्धुली - ३ जना
काठमाण्डौ - ३ जना
सिन्धुली - ३ जना
अर्घाखाँची - ३ जना
सल्यान - ३ जना
जुम्ला - ३ जना
जाजरकोट - २ जना
बारा - २ जना
तनहुँ - २ जना
मोरङ - २ जना
अछाम - १ जना
सल्यान - १ जना
नुवाकोट - १ जना
कैलाली - १ जना
कास्की - १ जना
बाग्लुङ - १ जना
स्याङ्जा - १ जना
नवलपरासी - १ जना
मुगु - १ जना
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!