प्रदेश नं २ : दुई मन्त्रीले दिए राजीनामा

Posted on: 17 Jul, 2021

 साउन २, जनकपुरधाम (रासस) ।प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार  सचिवालयले जनाएको छ ।

सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिनुभएको बताइएको छ । 

नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी हुनेछ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइने कार्यक्रम रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!