डडेल्धुरामा नुन चिनी किनमेल गर्नेको सुपथ मुल्य पसलमा घुईचो

Posted on: 23 Sep, 2016

ललित बोहरा/असोज ७, डडेल्धुरा । नेपालीको महान चाँड बडा दशै, तिहार लाई लक्षित गरि सञ्चालन भएका सुपथ मुल्य पसलमा नुन, चिनी किनमेल गर्नेको घुईचो लाग्ने गरेको छ । 

डडेल्धुरा सदरमुकाम स्थित तुफानडाडा बजार नजिक खुलेको सुफत मुल्य पसलमा दैनिक नुन, चिनी किनमेल गर्ने सयौ उपभोक्ताको भिडभाड लाग्ने गरेको छ । 

बजार भन्दा नुनमा प्रति किलो चार तथा चिनीमा प्रति किलो छ रुपैया कम मुल्यमा पाईन थाले पछि किनमेल गर्नेको घुईचो लाग्ने गरेको छ । एक दिनमा एक जना व्यक्तिलाई वा एक जना व्यक्तिका नाममा नाम दर्ता गरी छ किलो चिनी र तिन किलो नुन सुफल मुल्य पसलमा पाईने गरेको छ । 

सुफत मुल्य पसलमा चिनी प्रतिकिलो ७९ र नुन प्रति किलो १६ रुपैयाका दरले बिक्रि भई रहेको छ । शनिबार बन्द रहने सुफत मुल्य पसलमा शुक्रबार बिहान १० बजे देखि दिउसो दुई बजे तथा अन्य बार आईतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि अपरान्ह चार बजे सम्म बिक्रि वितरण गरिने साल्ट ट्रेनिंग कर्पाेरेसन डडेल्धुराले जनाएको छ ।

सुफत मुल्य पसल सञ्चालनमा अनउनु उपभोक्ताकालागी खुसीको खबर एवं राम्रो कार्य भए पनि त्यहा बाट बिक्रि गरिने चिनी एक दमै सानो दानाको हुने गरेको स्थानियले बताएका छन । 

बजार भाउ भन्दा सस्तोमा चिनी पाईए पनि मसिनो दानाको हुदा ठुलो दानाको चिनी जस्तो फारो नहुने उपभोक्तालेहरु बताउने गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!