श्री जनता उच्च माविको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन

Posted on: 08 May, 2016
ओम प्रकाश यादव/बैशाख २६, रौतहट । रौतहटको श्री जनता उच्च माध्यमिक विधालय कटहरीयाको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन कुश्वाहा विजयी हुनुभएको छ । कुश्वाहा कुल ७७१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । उनको निकटत्म प्रतिद्धन्दीहरु नस्रुदिन अंसारी २५७, राम आधार यादव २११ र सबैभन्दा कम रामदेव महतो कुल ९ मत मात्रै प्राप्त गर्दै ठूल्लो मत अन्तरले पराजित भएका छन । एक जना नयाँ अध्यक्षका लागि हिजो भएको निर्वाचनमा ४ जनाले उमेदवारी दिएका थिए । अध्यक्ष पदका लागि चन्दन कुश्वाहा, नस्रुदिन अंसारी, राम आधार यादव र रामदेव महतोले उमेदवारी दिनु भएकोमा राति सकिएको मतगणना गिन्तीले कुश्वाहा सबैभन्दा बढी ७७१ मत प्राप्त गर्दै भारी मत अन्तरले अध्यक्षमा जित हासिल गर्नुभएको छ । त्यस्तै हिजो नै २ जना पुरुष सदस्य पदका लागि भएको निर्वाचनमा विदयासागर यादव र श्यामानन्द प्रसाद यादव विजयी हुनुभएको छ । सदस्य पदका लागि ९ जनाले उमेदवारी दिएका मध्ये विदयासागर यादव र श्यामानन्द प्रसाद यादव जित हासिल पारेका छन । विदयासागर ४९० र श्यामानन्द ४३७ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन । त्यस्तै एक जना महिला सदस्य पदका लागि भएको निर्वाचनमा सुगान्धि दास निर्वाचित हुनुभएको छ । आफना निकटत्म प्रतिद्धन्दी ४ जनालाई पराजित गर्दै सुगान्धि महिला सदस्यमा जित हासिल गर्नुभएको छ । सुगान्धि दास ५५४ मतका साथ विजयी भएको पत्रकार राज करण यादवले बताउनु भएको छ । स्कूलका कुल १६७५ मतदाता मध्ये १३१७ मत खसेको र बाकी ३५८ मत बदर भएको पत्रकार संजय मिश्राले बताउनु भएको छ । जिल्लाको कटहरीया, गरुडा, गौर लगाएतका ठाँउका नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाका विच हिजो शनिवार कटहरीया स्कूलमै निर्वाचन सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!