चितवनमा महिला उद्यमीहरुको राष्ट्रिय भेला सम्पन्न

Posted on: 12 Jan, 2016

पुस २८, चितवन । महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिंदै चितवन जिल्लामा तीन दिनदेखि संचालित महिला उद्यमीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

आज सम्पन्न भएको उक्त भेलाले गाउँ र सहरमा महिला उद्यमशीलताको विकास गर्ने निष्कर्ष समेत निकालेको छ । नेपालका २५ जिल्लाका करिब एक सय महिलाहरुको भेला भएको उक्त ३ दिने भेलामा महासङ्घको १२औँ साधारणसभा तथा महिला उद्यमीलाई परेको समस्या र समाधानको उपाय खोज्ने, देशैभरी महिला उद्यमीको सञ्जाल बढाउने, व्यवसायमा महिलाको प्रतिनिधित्व बढाउने र उत्पादनको बजार खोज्न पहल गर्ने निष्कर्ष निकालेको छ ।

उक्त कार्यक्रममा उद्यमीहरुको जिल्ला महिला शाखा विस्तार, व्यापार, आयात/निर्यातको अवस्था, ऋण अनुदान र सेवा सुविधाका अवसर तथा भेलामा उपस्थितहरुको कृषि क्षेत्रको अनुभव साटासाट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!