दुर्घटनामा प्राध्यपक भण्डारी र व्यवसायी पन्थको निधन

Posted on: 24 Sep, 2016

प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ ।

तम्घासबाट वुटवल जाँदै गरेको ब १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा  दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको र चालक देविराम पन्थी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त गाडी सडकबाट करिव २ सय मिटर तल खसेको जनाईएको छ ।

४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गराउँथे । अत्यन्तै मिलनसार भण्डारी र  पन्थको  निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।

पन्थ निर्माण सेवा प्रा.लि.बाट जिल्लाको विककास निर्माणमा हात हालेका पन्थका श्रीमति , एक छोरा र एक छोरी रहेका छन् । उनको पुर्खेयौली घर हर्दिनेटा–६ मा हो भने हाल रेसुङ्गा नगरपालिका ९ खानीगाउँमा रहेको छ ।

त्यस्तै सह प्राध्यपक भण्डारीको पुर्खेयौली घर हुँगा २ मा पर्दछ । हाल उनको परिवार पनि खानीगाउँमै बसोवास गर्दै आएका छन् । भण्डारीका दुई छोराहरु रहेका छन् ।  भण्डारी सांसद चन्द्र भण्डारीका दाजुभाई हुन् ।  गम्भीर घाईते चालक देविराम पन्थी  यस अघि लामो समय सम्म जिल्ला विकास समितिका अनुभवी चालक थिए ।

उनको छातीमा गम्भीर चोट लागेर पाल्पा रिफर गरिएको बताईएको छ । पाल्पा जिल्ला अस्पतालबाट मृतक दुवैको शव रिडी ल्याउँदै गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।  

माथिको तस्वीरमा:  बायाँ पन्थ , दायाँ भण्डारी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!