पोखरामा आज दुई ताल जोड्ने साइकल यात्रा हुँदै

Posted on: 24 Sep, 2016

कमल सुबेदी | असोज ८, पोखरा | साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा आज पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  टुर दि पोखरा अन्तर्गत फेवाताल देखी बेगनास तालसम्मको कार्यक्रम हुन लागेको हो ।

२८.३ किमीको यात्रा रहेको उक्त यात्राको लागि जयन्ती मेमोरियल ट्रष्टले बिशेष रहेको छ । यसवर्ष ‘साइकल चढौं स्वास्थ्य,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल र्याली दोस्रो शृंखला हुन लागेको संयोजक निरज थापाले जानाकारी दिए ।  यसै कार्यक्रमका लागि विश्व साइकल यात्री पुष्कर शाह पोखरा आइसकेका छन । कार्यक्रममा विभिन्न उमेर समुहका साइकल यात्रीको सहभागिता रहने थापाले जानाकारी दिए । यात्रामा  ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुने  उनले बताए ।

आज झन्डै एक हजार जनाले र्यालीमा सहभागिता जनाउने विश्वास लिएको साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । कार्यक्रमलाई पोखरा उप महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ, जिल्ला साइक्लिष्ट संघ, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल साइक्लिष्ट महासंघ, बाबा फाउन्डेसन, जिल्ला विकास समिति, कास्की लगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग गरेका छन् भने नेपाल पर्यटन वोर्ड मुख्य प्रर्वधक रहेको छ । 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!