आफ्नै सालोलाई खुकुरी प्रहार गरि आत्महत्या

Posted on: 24 Sep, 2016

संखुवासभा ८, असोज । संखुवासभाको  धुपु गाविस—४ सुवेदी डाँडाका ४४ बर्षीय गोपाल दर्नालले आफ्नै सालो २८ बर्षीय अमृत सिगौरेलाई मादक पदार्थ सेवन गरि  धारिलो हतियार प्रहार गरेका उनले आफै आत्महत्या गरेका छन । 

पहिले हम्मरले छातीमा हानेको र त्यसपछि खुकुरीले शरीरका विभिन्न भागहरुका गहिरो चोट हुने गरि काटेको स्थानीयले टंक विकले जानकारी दिए । सिगौरे रगताम्मे भई बेहोश भएर लडेपछि घटनास्थलको केही पर नाम्लोमा आफै झुण्डिएको भेटिएका थिए ।  

मृतक भेना दर्नालको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लाईएको संखुवासभाका डिएस्पी गौतमकुमार केशीले जानकारी दिएका छन् ।  घाईतेको भने जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको डिएसपी केशीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!