रामेछापमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

Posted on: 24 Sep, 2016


असोज ८, रामेछाप ।

रामेछाप जिल्लामा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी एक दिने तालिम शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्लामा दिनहुँ जस्तो लैङ्गिक हिंसाका डर लाग्दा घटनाहरू घटिरहेकाे न्यूनिकरण गर्ने मुख्य उद्देश्यले राखिएको तालिममा जिल्लाका विभिन्न गाविसका गरी १३० जना दलित तथा गैरदलित महिलाहरुको सहभागिता रहेको संचारकर्मी रामचन्द्र विकले जानकारी दिनुभयाे ।

तालिममा प्रशिक्षक गिरि बहादुर सुनारले महिलाहरु हिंसामा पर्नुको कारण र त्यसबाट बच्न मानसिक तथा शारीरिक रुपमा कसरी तयार हुने भन्ने विषयमा आत्मा रक्षाको लागि विभिन्न उपाय र प्राविधिक सीप बारेमा प्रशिक्षण जानकारी दिनुभएको थियो ।



रामेछापका १५ वटा स्थानीय दलित गैर सरकारी संस्थाको संयोजक गम्भीर वि.क. को अध्यक्षता भएको साे कार्यक्रममा महिला तथा दलित अधिकारकर्मी सरु सुनार, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक मखन प्रसाद यादब, महिला तथा बालबालिका कार्यालय रामेछापका सहायक महिला विकास निरिक्षक सरिता बुढाथोकी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, १५ वटा दलित गैर सरकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा १५ देखि ३० वर्ष उमेर समुहका महिलाको सहभागिता रहेकाे संयाेजक विकले जानकारी दिनुभयाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!