उपक्षेत्रिय अस्पतालमा भएको अनियमितता अनुसन्धान अख्तियारको टोली डडेल्धुरा

Posted on: 25 Sep, 2016

ललित बोहरा | असोज ९, डडेल्धुरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार देखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भएको अनियमितताको प्रारम्भिक छानविन सुरु गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट आएको टोलीले प्रारम्भिक अनुसन्धान थालेको हो । अख्तियारका प्रहरी निरिक्षक अनिल उप्रेतीको नेतृत्वमा आईतबार डडेल्धुरा पुगेको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कर्मचारीहरुसंग अनियमितताको बारेमा जानकारी लिएको छ । विभिन्न संचार माध्यमहरुमा अस्पतालमा भईरहेको अनियमितताका बारेमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारको टोली डडेल्धुरा पुगेको हो । 

मिडिया मार्फत उठान भएका सम्पूर्ण बिषयमा छानविन गरि आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका कार्यालय प्रमुख विष्णु सिंह बिष्टले जानकारी दिनु भएको छ । सुदुरपश्चिमको एकमात्र उपक्षेत्रिय अस्पताल डडेल्धुरामा विगत एकवर्ष यता सवारी साधन, सामग्री खरिद, कर्मचारी भर्ना, भौतिक निर्माण लगायतका शिर्षकमा लाखौँैको अनियमितता भएको सञ्चार माध्यमले खबर सम्प्रेषण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!