डडेल्धुरामा सप्ताहव्यापी रुपमा रेबिज दिवस मनाईदै

Posted on: 25 Sep, 2016

ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै छ । 

असोज ६ गते देखि १२ गते सम्म मनाईने रेबिज दिवसका अवसरमा रेबिज बारे आम सञ्चारका माध्यम तथा पर्चा पम्पलेटद्धारा सचेतना मुलक सन्देश प्रवाह संगै जिल्ला पशु सेवा कार्यालय एवं पशु सेवा केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन निशुल्क रुपमा घरपालुवा जनावरलाई लगाई रहेको पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । रेबिज रोगले जन स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभाव, पशुपंक्षिमा फलिने प्रभावलाई न्युनिकरण गर्न जनचेतना फैलाउने, रेबिजबाट बच्ने उपायबारे बढी भन्दा बढी सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले दिवस सप्ताहव्यापी रुपमा मनाई रहेको वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले बताएका छन ।

जंगली तथा घरपालुवा जनावर एवं मानव जातीलाई रेबिज रोग प्राणघातक भएकाले अथवा रेबिज लागे पछि निको नहुने भएकाले सप्ताहव्यापी रुपमा मनाई यसको न्युनिकरणका लागी प्रयास थालिएको उनले बताएका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा रेबिज रोगबाट बर्षेनी ३६ सयको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । नेपालमा पनि बर्षेनी एक सय बढीको ज्यान रेबिज रोगका कारण हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!