दुर्घटनामा प्राध्यापक भण्डारी र व्यवसायी पन्थको निधन

Posted on: 25 Sep, 2016

प्रेम सुनार | असोज–९, गुल्मी ।  असोज ७ गते साँझ पाल्पामा गाडी दुर्घटनामा परी मृत्यु हुुनु भएका रेसुङ्गा वहुमुखी क्याम्पसका सह प्राध्यापक  कृष्ण भण्डारीको आज सो क्याम्पसले श्रद्धाञ्जली सभा गरेको छ । उक्त दिन तम्घासबाट वुटवल जाँदै गरेको बा १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा  दुर्घटना हुँदा उनि सहित निर्माण व्यवसायी रामप्रसाद पन्थको घटना स्थलमै मृत्यु भएको  थियो ।   

४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गरानु हुन्थ्यो । अत्यन्तै मिलनसार भण्डारी र  पन्थको  निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।

सह प्राध्पक भण्डारीले यस जिल्लाको शैक्षिक क्षेत्रमा पुराएको योगदान वारे श्रद्धाञ्जली सभाका वक्ताहरुले प्रकाश पारेका थिए । श्रद्धाञ्जली सभाको सुरुवातमा स्वर्गीय भण्डारीको तस्वीरमा माल्याणपर्ण गरी मौनधारण गरिएको थियो । 

लगत्तै रेसुङ्गा वहुमुखी क्याम्प सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थी, उपाध्यक्ष  अध्यक्ष माधवप्रसाद ज्ञवाली, क्याम्पस प्रमुख गुणानिधी शर्मा , पव्लिक क्याम्पस प्रध्यापक संघ रेसुङ्गा वहुमुखी क्यापसका सभापति हरिबहादुर केसीले शोकमन्तव्य राखेका थिए ।

त्यस्तै विद्यार्थी संगठनका नेताहरुले स्वर्गिय पाण्डे जस्ता विद्यार्थीहरु संग शिष्ट रहेर मेहनत पुर्वक पढाउने प्राध्यापकहरु विरलै पाईने बताएका थिए ,। कार्यक्रममा नेवि संघका जिल्ला कार्यवाह सभापति झविन्द्र पाण्डे , रेसुङ्गा वहुमुखी क्याम्पसका स्ववियु सचिव पुर्ण केसी , नेवि संघका ईकाई सभापति अर्जुन पोखरेल स्ववियुका  जिल्ला सह संयोजक शोभाखर गिरी,  स्ववियु क्रान्तिकारीका ईकाई अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य गणेश पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकार अजुर्न कुँवरले स्वर्गिय पाण्डे प्रति समर्पित शोक गान गाएका थिए ।  रकार्यक्रम सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन  सहायक क्याम्पस प्रमुख गोपाल प्रसाद पाण्डेले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!