गुल्मीको दोहलीका पुरै वडामा स्टेचर

Posted on: 25 Sep, 2016

प्रेम सुनार । असोज–९, गुल्मी । गुल्मीको दोहली गाविसका सवै वडाहरुमा नेपाल रेडक्रश सोसाईटी दोहली उपशाखाले विरामी बोक्ने स्टेचर  वितरण गरेको छ । हस्तान्तरण कार्यक्रममा उपशाखा दोहलीका सभापति शेरबहादुर विष्ट, कोषाध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।     

मन्तव्यका क्रममा उनिहरुले  त्यस गाविसका विकट गाउँमा कतिपयसुत्केरी महिला र विरामीहरु समयमै अस्पताल सम्म पुग्न नसकेर अकालमैं  ज्यान गुमाउनु  परेका घटनालाई दृष्टीगत गरी प्रत्येक वडामा स्टेचर पुराउने निर्णय गरिएको बताएका थिए ।

दोहली उपशाखा सभापति पिताम्वर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव वसन्त कार्कीको सञ्चालन रहेका सह–सचिव भिमकान्त खनालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!