सरकारको बिरोधमा पोखरामा बिद्यार्थीहरु सडकमा

Posted on: 26 Sep, 2016


कमल सुबेदी/असोज १०, पोखरा । पुष्पकमल दाहाल सरकारले भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा सोमबार पोखराका बिद्यार्थीहरु सडकमा निस्केका छन ।  

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुने जस्ता राष्टघाती निर्णय गरेको भन्दै त्यसको खारेजिको माग गर्दै अनेरास्ववियु त्रिबि जिल्ला कमिटिलको नेतृत्वमा बिद्यार्थीहरु सडकमा निस्केका हुन् जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाई कारबाही गर लेखिएका  प्लेकार्ड बोकी सडक परिक्रमा गरेका थिए । 

पोखराको पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले सरकारले गरेका राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज नभए ज्ञानेन्द्र सरकार विरुद्ध गरेजस्तै आन्दोलन बाट नै सरकार ढलाउने चेतावनी दिए । 

विद्यार्थीहरुको आन्दोलन बाट देशमा धेरै राजनितिक परिवर्तन भएको उल्लेख गर्दै  उनले यो आन्दोलन लाई सानो नसम्झन समेत चेतावनी दिए ।उनले भने आवश्यक परे विद्यार्थीहरुको आन्दोलनको आधिबेहरी  सृजना गर्ने बताए । 

यस्तै अनेरास्ववियु गण्डकी संयोजक सरिता पुरीले सरकारको गलत कदम विरुद्ध सुरुवात गरिएको आन्दोलनका मागहरु सम्बोधन नहँुदासम्म अझै दबाब मुलक ढंगबाट  अगाडी बढ्नु पर्ने  बताइन । कार्यक्रमका सभापती तथा त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देबकोटाले राष्ट्रघातीको विरुद्धमा सबै नेपाली एक हुनुपर्ने बताए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!