डडेल्धुराको भद्रपुर गाबिसको सार्बजनीक सुनुवाई तथा बार्षीक समीक्षा

Posted on: 27 Sep, 2016

असोज ११, डडेल्धुरा | डडेल्धुराको भद्रपुर गाबिसको सार्वजनीक सुनुवाई तथा बार्षीक समीक्षा सोमबार सम्पन्न गरेको छ । 

गाबिसले आर्थीक बर्ष २०७२/७३ का कार्यक्रमको समीक्ष र २०७३/७४ को चौमासीक रुपमा भईसकेको अयोजनाहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको गाबिस सचिब करन कामीले बताएका छन् । कार्यक्रमका सहभागीले बिभीन्न बिद्यालय र गाबिसका वडाहरुमा अझै पनी खानेपानीको  समस्या रहेको, गाबिस सचिब गाबिसले गाबिसको कार्यालयमा बस्नु पर्ने, समाजीक सुरक्षा भत्ता  सम्बन्धीत जेष्ठ नागरीका आफतलाई दिनु पर्ने, लगायतका गुनासा गरेका थिए । 

समीक्षामा बोल्दै स्थानी राजनीतीक दलहरुले स्थानीय निकायको चुनाव नभए सम्म कर्मचारी तन्त्रको समापन नहुनेमा जोड दिएका थिए । कार्यक्रमको रेडीयो अमरगढीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!