डडेल्धुरामा जातिय छुवाछुत बिभेद बिरुद्धको सम्मलेन सम्पन्न

Posted on: 27 Sep, 2016

असोज ११, डडेल्धुरा | जातिय छुवाछुत बिभेद अन्त्यका लागि डडेल्धुरा जिल्लामा समाजबाट नै सबै सचेत हुन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुको जोड छ । 

cocap को सहयोगमा राष्ट्रिय दलित नेटवर्क चमल नेपाल कैलालीद्धारा डडेल्धुरामा सोमबार आयोजित जातीय भेदभाव विरुद्ध एक दिने सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले छुवाछुत अन्त्यका लागि समाजका प्रत्येक नागरिकहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पर्नेमा जोड दिएका छन । डडेल्धुरा जिल्लामा जातिय छुवाछुत अन्त्यका लागि बिभिन्न सरकारी तथा गैरसरकारी सघं–सस्थाहरुले जे जति प्रयास गरेपनि समाज सचेत नहुन्जेल सम्म यस्तो बिभेद उन्मुलन नहुने कार्यक्रमका सहभागिहरुको गुनासो थियो । दलितले दलित भित्रै, गैर दलितले गैर दलित भित्रै र महिलाहरुले महिलाहरुलाई नै बिभेद गर्ने परिपाटी नहटेकाले जातिय छुवाछुत नहट्ने प्रति सचेत गराउदै यसका लागि सबै नागरिकहरुले सकारात्मक सोचको अभ्यास थाल्नु आवश्यक रहेको औल्याएका छन । 

विगत एक बर्षदेखि जातीय विभेद न्युनिकरणका विभिन्न कार्यक्रमहरु गर्दै आए पनि अझसम्म जातिय  बिभेद अन्त्य हुन सकेको छैन । कार्यक्रममा जातीय  बिभेद अन्त्य गर्नका लागी सरकारको नीति नियम अनुसार कानुनको कार्यान्वयन गर्न सबैले लाग्नु पर्नेमा जोड दिइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!