पोखरामा आज मिनि सडक महोत्सव

Posted on: 27 Sep, 2016


कमल सुबेदी/असोज ११, पोखरा । पर्यटकिय राजघधानी पोखरामा आज साझ मिनी सडक महोत्सव हुदै छ । 

आज साझँ रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा हुने एक दिने मिनि सडक महोत्सव ले लेकसाइडमा चहलपहल सुरु भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर हुने एक दिने महोत्सव आज ३७ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हुन लागेको हो ।

त्यस्तै विश्व पर्यटन दिवसको अवसरमा पोखरामा भित्रिएका   पर्यटकलाइ पोखराका पर्यटन व्यवसायीले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटनसम्बद्ध संघ संस्थाले पर्यटकहरुलाई अबिर माला र बाजागाजाले स्वागत गरेका हुन् ।

प्रत्येक वर्षको विश्व पर्यटन दिवसका अवसरमा पोखरा झर्ने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने प्रचलन अनुरुप कोरियाबाट आएका को यङ हि, किम योङ एन र काङ योङ एनलाई उपहार दिइ आथित्यता प्रदान गरेका हुन् ।

बाजागाजा सहित स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जिवी पोखरेल, महासचिव रामु गौतम, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलय पोखराका प्रमुख डोलराज ढकाल लगायत को टोली बिमानस्थलमा पुगेको थियो ।

विश्व पर्यटन दिवसमा  पोखरामा पर्यटक बसबाट पोखरा आउने पर्यटकलाई पनि स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर  थापाले जानाकारी दिए । -तस्विर: प्रदिप पौडेल 


यस बिषयमा तपाइको प्रतिक्रिया...!