रामेछापमा प्रहरीद्वारा १० जनालाई पक्राउ

Posted on: 27 Sep, 2016


प्रज्वल पौडेल । असोज ११ / काठमाण्डौ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले १० जनालाई पक्राउ गरेको छ । सोमबार विहान -राती १ बजेसम्म मन्थली नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै बसेको अबस्थामा पक्राउ गरि सोमबार दिउँसो सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मन्थलीबाट खटिएको गस्ति टोलीले मन्थली नगरपालीका १० का बिमल कार्की, मन्थली नगरपालीका ९ का सानुबाबु कार्की, मन्थली नगरपालीका १ का सनम थापामगर, मन्थली नगरपालीका ४ का संजय तामाङ, मन्थली नगरपालीका ८ का पूर्ण खत्री, मन्थली नगरपालीका १ का सतिष सुवेदी, मन्थली नगरपालीका २ का बिकासबाबु श्रेष्ठ, मन्थली नगरपालीका ६ का राजकुमार खत्री, मन्थली नगरपालीका २ का सुदिप भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकृत प्रेम जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटलका सञ्चालक दोलखा जिल्ला भिमेश्वर नगरपालीका घर भएका २७ बर्षिय कृष्ण प्रसाद चौलागाईँलाई समेत पक्राउ गरिएको  छ ।

यसैवीच प्रहरी टोलीसँग आबेगमा आई गस्ती टोली माथी तथानाम गाली गलैच अभद्र व्यवहार गरी प्रहरीको काम कार्वाहीमा अवरोध पुर्याएको भन्दै उनीहरूलाइ घटनास्थल बाटै पक्राउ गरि आवश्यक कार्वाहीका लागी केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२८ अन्तर्गत कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय मन्थली बाट दिन १० म्याद लिई कानून बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाइएको सुचना अधिकृत जोशीले जानकारी दिनुभयो । 

केहि दिन अगाडि सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेका भन्दै रामेछाप कारागारका प्रहरी नायव निरीक्षक छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको थियाे ।



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!