धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ जनाको सनाखत

Posted on: 27 Sep, 2016

असोज ११, काठमाडौं । उत्तरी धादिङको मार्पाकमा आज भएको यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

घटनास्थलमा १८ र १ जनाको उपचारको क्रममा राजधानीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकमध्ये १६ जनाको सनाखत भएको छ ।

घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । 

धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाक गाविसस्थित लपाङखोला भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनास्थलमा पहिरो गएको र पहिरो हटाएर बस अघि बढाउँदै गर्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । 

बसभित्र र हुटमा पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीबाट करीब २६ किलोमिटर उत्तरमा पर्छ भने कच्ची बाटो हो ।

मृतकमध्ये १६ जनाको सनाखत 

दुर्घटनामा मृत्यु भएका मध्ये १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतकहरुमा बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमल पौडेल, सत्यदेवी–३ का लिलाबहादुर गुरुङ, मार्पाक–५ का दिलकुमारी अधिकारी, दार्खा–९ रामचन्द्र सापकोटा, मार्पाक–५ का पवनबहादुर स्माइली मगर रहेका छन् । 

यस्तै सत्यदेवी–३ की चिरमाया तामाङ, सत्यदेवी–३ का रावन तामाङ, रि गाउँ–८ कि मुना तामाङ, सत्यदेवि–२ रंगसिंह तामाङ, सत्यदेवि–२ मिदिजंग तामाङ, सत्यदेवि–२ रौता तामाङ, रि गाउँ–२ का चन्द्रमान तामाङ, रि गाउँ–२ का टेकबहादुर तामाङ, गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले, ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!