रामेछाप प्रहरी निरन्तर अप्रेशनमा,चाेरीकाे अाराेपमा २ जना पक्राउ

Posted on: 27 Sep, 2016

असाेज १२, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २ जनालाई पक्राउ गरेको छ ।

गत ६ गते राती १० बजे मन्थली नगरपालीका १ का उद्धव केसिको घरमा तोडफोड गरी धनमाल चोरी गरेको आरोपमा प्रहरीले मन्थली नगरपालीका ४ का झलक बहादुर खत्रीका १७ बर्षिय छोरा अबिशेक खत्री र मन्थली नगरपालीका १ का दिनेश खत्रीका छोरा २० बर्षीय रामहरी खत्रीलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो । उद्धवले आफ्नो धनमाल चोरी भएको भनी दिएको उजुरीका आधारमा खोजतलास गर्दा चोरीको सामान समेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई कारबाहीको प्रक्रिया सुरु गरिसकिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । चाडपर्व नजिकिँदै जादा पछिल्लाे समय प्रहरी परिचालन गरि गस्ती समेत बढाईएकाे छ ।

-( निराेजकुमार थापाकाे सहयाेगमा)

यस बिषयमा तपाइको प्रतिक्रिया...!