बाँदर धपाउन सर्बोच्चमा रिट

Posted on: 28 Sep, 2016

असोज  १२, पोखरा । बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा धेरै क्षति र्पुयाउँदा समेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । 

किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ । 

बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन् ।

बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै कास्की प्रशासन, क्षेत्रीय प्रशासन, जिल्ला बन, जिल्ला कृषि विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बन तथा भु संरक्षण मन्त्रालय र कृषि विकास मन्त्रालयलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन्  । -अन्नपूर्ण पोष्ट दैनिक 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!