सूचना आयोगको आदेश बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले टेरेन

Posted on: 28 Sep, 2016

हेटौडा ,१२ असोज

राष्ट्रिय सूचना आयोगले सूचना दिनु भनेर आदेश दिदा समेत नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले पत्रकार हरि हुमागाँईलाई सूचना दिएको छैन । सूचना आयोगको आदेश पत्र दर्ता गरेको सात दिन भित्रमा हुमागाँईलाई सूचना दिनु भनेर दिएको आदेशको आठौ दिन सम्म पनि बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना अधिकारीले सूचना उपलब्ध नगराएका हुन् । मकवानपुर आमभन्ज्याङ ३ निवासी हुमागाईले मागेको सूचना दिनु भनेर राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयूक्तहरु किरण कुमार पोख्रेल र एशोदादेबि तिम्सिनाले आदेश दिनुभएको थियो ।

      आयोगले दिएको आदेश यही असोज ४ गते नेपाल बिधुत प्राधिकरणको क्षेत्रिय कार्यालय हेटौडामा ५ सय ३३ नंम्बरमा दर्ता समेत भएको थियो । दर्ता भएको मितिले सात दिन भित्र सुचना उपलब्ध गराउनुपर्ने भएपनि प्रमुख ईन्जिनियर झाले सूचना आयोगलाईलानै सूचना उपलब्ध गराएको झुट्टो जवाफ दिएका छन् । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भने प्राधिकरणले हुमागाँईलाई दिनुपर्ने सूचना आयोगमा नपठाएको बताउनुभएको छ । बितेको आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७२। २०३३ मा यस क्षेत्रिय कार्यालय अन्तरगतका जिल्लाको फिडरै पिच्छे बितरण भएको बिधुत युनिट, खपत गरेको युनिट र चुहावट युनिट कति हो ? भनेर हुमागाँईले सूचना माग गर्नुभएको थियो । त्यो सूचना मौखिक रुपमा माग्दा उपलब्ध नगराएपछी लिखीत रुपमा मागिएको थियो ।

     आयोगको आदेशको पालना नभएपछी पत्रकार हुमागाँईले आजै राष्ट्रिय सूचना आयोगलाई संबोधन गरेर सूचना नदिने बिधुतका प्रमुख झा, सूचना अधिकारीलाई कार्बाहीका लागि माग गर्दै निबेदन दर्ता गराउनुभएको छ । सूचना नदिदा भोग्नुपरेको कठिनाईको क्षेतिपुर्ति, जरिवाना रकम तिराउन समेत निबेदनमा माग गरिएको छ । कानुन अनुसार सूचना नदिने कार्यालय प्रमुख र सूचना अधिकारीलाई कार्बाहीका लागि आदेश दिने प्रमुख सूचना आयुक्त बाँस्कोटाले बताउनुभयो । कार्बाहीको लागि पत्र लेखिसकेपछी पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई आयोगबाट पत्र लेखेर समेत सूचना उपलब्ध गराईने सूचना आयोगका उपसचिब बाबुराजा श्रेष्ठले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!