पोखरा टुँडिखेल मैदानमा भेडाच्याँग्रा सहितको ‘दशैँ फुलपाती मेला’ हुने

Posted on: 28 Sep, 2016

असोज १२, पोखरा | पोखरा को पुरानो पुरानो टुँडिखेल मैदानमा यसपाली पनि विशेष ‘दशैँ फुलपाती मेला’ हुने भएको छ ।

मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरेर जानाकारी दिएको छ । परापुर्व कालदेखि चल्दै आएको यो मेला यसपाली पनि चल्ने मेलाका संयोजक चन्द्रबहादुर गुरुङले जानाकारी दिए  । मेलामा यस पटक भेडा च्याग्राको  विशेष स्टल रहने  आयोजकले जानाकरी दिएको छ । यसको अलवा  मेलामा व्यापारिक स्टल, बाल उद्यान, विभिन्न खेल सामाग्री र राष्ट्रिय तथाा स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । परापुर्वकालदेखि नै टुँडिखेल मैदानमा फुलपातीको दिन विशेष हाट बजारसहितको मेला लाग्ने भएपनि यो पटक स्थानिय बुद्ध टोल युवा क्लबको अग्रतामा मेलालाई अझै वृहत बनाउन लागेको हो । 

एक सातासम्म चल्ने मेलाका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बुद्ध टोल युवा क्लब बगरका अध्यक्ष अरुण गुरुङले बताए । मेलामा ३१ वटा व्यवसायिक स्टल रहनेछन् । टुँडिखेलको ऐतिहासिक महत्वलाई पछिल्लो पुस्ताले भुल्दै गएकोले त्यसको महत्व जोगाईराख्न र युवापुस्तालाई त्यहाँ आकर्षित गर्न मेला गर्न लागेको क्लबले जनाएको छ । मेलाबाट भएको आम्दानी रकम टुँडिखेल मैदानको स्तरोन्नतीका लागि खर्च गरिने आयोजकले बताएको छ । यो पटक फुलपातीको दिन टुँडिखेल मैदानमा अघिपछि भन्दा धेरै भेडाच्याँग्रा ल्याईने पनि आयोटजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!