प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबलमा सेती सप्लायर्स ‘ए’ बिजयी

Posted on: 29 Sep, 2016


प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक सेती सप्लायर्स ‘ए’ हात पारेको छ । बुधबार उपाधिका लागि सिवाईसि क्लव अत्तरीया र सेती सप्लायर्स ‘ए’ विच प्रतिस्पर्धा भएको हो । 

निर्धारित समयमा सेती सप्लायर्स ‘ए’ र सिवाईसि क्लव अत्तरीयाको खेल वराबरीमा सकिएको थियो । थपिएको २० मिनेटको समयमा सेती सप्लायर्स ‘ए’ ले एक गोल गरेर उपाधि जितेको हो । उपाधि जिते सँगै  सेती सप्लायर्स ‘ए’ ले १ लाख नगद सहित ट्रफि, प्रमाण र त्यस्तै दोस्रो स्थान ओगट्न सफल सिवाईसि क्लव अत्तरीयाले ५० हजार नगद सहित ट्रफि, प्रमाण प्रदान गरीएको थियो ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, बढी गोलकर्ता, उत्कृष्ठ रक्षक, उत्कृष्ठ गोलरक्षक र उदयीमान खेलाडीलाई पनि जनही तिन÷तिन हजारका दरले पुरस्कार समेत प्रदान गरीएको थियो ।

दिपायलको राजपुरमा भर्खरै निर्माण सम्पन्न भएको ‘खप्तड रंगशाला’ भएको प्रतियोगितामा कैलाली, कंचनपुर र डडेल्धुरा सहित १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सिलास्थान यूबा क्लब सिलगढी, जनचेतना बिकास केन्द्र गोपघाट, सुजंग उच्च माध्यामिक बिद्यालय राजपुर‘ए’ सुजंग उच्च माध्यामिक बिद्यालय राजपुर ‘बि’ सि वाई सि यूबा क्लब अत्तरिया, सेती सप्लायर्स ‘ए’, सेती सप्लायर्स ‘बि’ , बडा हबेली राजपुर, मिलन यूबा क्लब डडेल्धुरा र सुदूरपश्चिम फुटबल एकेडेमी कंचनपुरका टिमहरुको सहभागिता रहेको थियो ।  

असोज ३ गते देखि संचालन प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिता डोटी उद्योग बाणिज्य संघ र दिपायल स्थित सेती सप्लायर्सको संयूक्त आयोजनामा संचालन गरीएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!